भरतपुरमा रेणु, काठमाडौंमा बालेनको जित सुनिश्चित बन्दै, अन्यत्र कस्तो छ ?

मूलखबर संवाददाता
काठमाडौं, ६ जेठ ।

नयाँ संविधान जारी भएछि दोश्रो पटक भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिमतिर पुग्न लाग्दैछ । देशको ७ सय ५३ स्थानीय तह मध्ये केही दर्जन स्थानिय तहमा निर्वाचन विविध कारणले स्थसगत र रद्ध भएको बाहेक यो समाचार तयार पार्दासम्म अधिकांश ग्रामिण भेग र नगरपालिकाको नतिजा आइसकेको छ भने केही उपमहानगर पालिका र महानगरपालिकाहरुको मतगणना जारी छ ।

यसपटकको निर्वाचनको क्रममा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाको चुनाव र मतपरिणाममा सबैको ध्यान सिखचिएको छ । भरतपुरमा माओवादी केन्द्र र कांग्रेससहितको सत्ता गठबन्धनबाट उमेदवार बनेकी रेणु दाहालको दोश्रो इनिङ र काठमाडौं महानगरमा अप्रत्यासित रुपमा उदाएका स्वतन्त्र उमेदवार बालेन शाहले प्राप्त गरेको मतको कारणले गर्दा यी दुई महानगर चर्चामा छन् ।

भरतपुरमा गठबन्धनकी उमेदवार दाहाललाई नेकपा एमालेका उमेदवार विजय सुवेदीले प्रतिस्पर्धा गरिरहेका छन् भने रेणुलाई हराउन भनेर स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको भुइकटहरले पनि चुनौति दिइनै रहेको छ । भुईकटरहर र सुर्यको पक्षमा आएको मतलाई दाहालले हँसिया हतौडाको भोटले अग्रता लिइरहेको छ र शुरु शुरुमा कडा प्रतिस्पर्धामा देखीएको सुवेदी र दाहालको अवस्था अहिेले करिब ४ हजारको मतान्तरले टाढिँदै गएको छ । वडा नं १ बाट शुरु भएको मतगणना वडा नं १३ मा पुग्दा दाहालले सुवेदीलाई करिब ४ हजारको मतान्तरले अग्रता लिइरहेकी छिन् ।

त्यसैगरी काठमाडौं महानगरमा लौरो चुनाव चिन्ह लिएर मैदानमा आएका स्वतन्त्र उमेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धि नेकपा एमालेका केशव स्थापितलाई १५ हजार बढि मतान्तरले अग्रता लिएको देखिन्छ भने कांग्रेस उमेदवार सिर्जना सिंहलाई त्यो भन्दा वढिको फरकमा छाडेको देखिन्छ । बालेनले परम्परागत राजनीति र निर्वाचनको ट्रेण्डलाई मज्जाले भत्काउँदै अगाडि बढेका मात्रै छैनन् दलहरुलाई गम्भीर चुनौति र महत्वपुर्ण शिक्षा दिन समेत सफल भएका छन् ।

त्यसैगरी ललितपुरमा गठबन्धनका उमेदवार कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई धेरै नै पछि पारेका छन् भने पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले अग्रता लिइरहेका छन् । विराटनगरमा कांग्रेसका उमेदवारले अग्रता लिइरहेका छन् । त्यसैगरी विरगञ्ज महानगरमा जसपाका उमेदवारले अग्रता लिइरहेका छन् ।