एमालेले सार्वजनीक गर्यो घोषणापत्र : धरहरा निर्माण मुख्य काम

मूलखबर संवाददाता
काठमाडौं, ९ बैसाख

प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनीक गरेको छ । सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु समावेश गर्दै एमालेले धरहरा निर्माणलाई मुख्य कामको रपमा उल्लेख गरेको छ । घोषणापत्रको कभर पेजमै एमालेले धरहरा र पानीजहाजको तस्वीर राखेको छ । धरहरा निर्माणको काम अझै ३० प्रतिशत बाँकी रहेको रिपोर्ट सार्वजनीक भइरहँदा एमाले अध्यक्ष के पी ओलीले प्रधानमन्त्रीको रुपमा धरहरा उद्घाटन गरेका थिए । अझै सम्म पनि धरहराको निर्माणको काम सम्पन्न भएको छैन ।

एमाले अध्यक्ष ओलीले सार्वजनीक गरेका घोषणापत्रमा भ«ष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउने कुरा गरिएको छ जवकी एमालेका पालामा मन्त्री भएका सञ्चार मन्त्रीसहितअ प्रधानमन्त्रीसमेत विभिन्न काण्डहरुमा भ«ष्टाचारमा मुछिएका प्रमाणहरु सार्वजनीक भएका थिए ।

त्यस्तै एमालेले आफ्नो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र भए कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ । ‘हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्वाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन्’, एमालेको घोषणापत्रमार्फत गरेको संकल्पमा उल्लेख छ ।

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize) (1)