निर्वाचन आयोगद्वारा ७१ निर्वाचन अधिकृत फेरियो : यी हुन् नयाँ अधिकृतहरु
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ।
आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार ९चैत २३ गते० देखि नै हटाइएको हो।
उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ। नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ।
यी हुन् नयाँ अधिकृतहरु
[pdf-embedder url=”http://mulkhabar.com/wp-content/uploads/2022/04/Election-Commission-List.pdf”]
https://drive.google.com/file/d/1-7aYZQBemjQ4DtmU2p7h2TXLvT89cjbr/view



