प्रधानमन्त्रीकाे भारत भ्रमण: विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता, बिजेपीकाे स्वागत
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।
देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनलाई दिल्ली विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेका थिए ।
उनी विदेशमन्त्री सँग भेट पछि भारतिय जनता पार्टीको मुख्यालयमा पुगेका थिए, जहाँ उनलाई स्वागत गरिएको थियाे ।