जनयुद्ध नै समग्र परिवर्तनको कारक : प्रचण्ड

मूलखबर संवाददाता
राेल्पा, १४ चैत

जनमुक्ति सेनाकाे शालिकसँगै उभिएर प्रचण्डले भने- दिगाे शान्ति र विकासको लागि माओवादीले जित्नुपर्छ ।

जनयुद्ध नै परिवर्तनको कारक : प्रचण्ड
राेल्पा, १४ चैत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिगो शान्ति र विकासको लागि माओवादीले जित्नुपर्ने बताउनुभयो ।

प्रचण्डले अहिलेकाे सम्पुर्ण परिवर्तनको कारक जनयुद्ध नै भएको दाेहाेर्याउनुभएकाे छ ।

राेल्पामा बन्दुक जनमुक्ति सेनाकाे शालिक अनावरण तथा जनयुद्ध स्मारक भ्यु टावरकाे उद्घाटन गर्दै जनयुद्धका सुप्रिम कमान्डर समेत रहेका गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समतामूलक न्याय र समृद्धिकाे एजेन्डा माओवादी जनयुद्धकै भएको बताउनुभयो ।

राेल्पाले युद्व र शान्ति दुबैकाे नेतृत्व गरेकाे दृष्टान्त पेश गर्दै प्रचण्डले विकासकाे पनि नेतृत्व राेल्पाले गर्न सक्ने बताउनुभयाे । पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद काेइरालालाइ सम्झँदै प्रचण्डले राेल्पाबाटै शान्तिकाे पनि विजाराेपण भएको बताउनुभयाे ।

प्रचण्डले राेल्पालाई जनयुद्धको किल्ला मात्रै नभएर जनयुद्धको स्मारककाे रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नु पर्ने बताउनुभयाे ।

राेल्पाकाे लिवाङ नगरपालिकाले निर्माण गरेकाे जनयुद्ध स्मारक भ्यु टावरले जनयुद्धको भुमिका र अाैचित्य थप पुष्टि गरेकोे पनि उहाँको भनाई  थियाे ।

प्रचण्डले प्रतिगामीहरू फेरि सलबलाउन लागेकाे भन्दै राेल्पालीले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको भर नगरेर अाफ्नै बलमा निर्वाचन लड्न कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

प्रचण्डलाई राेल्पामा शहिद परिवार तथा माओवादी नेतृ जयपुरी घर्तीले स्वागत गर्नुभएको थियाे । साे अवसरमा राेल्पाका माओवादी नेता कार्यकर्ताहरूले माला लगाएर प्रचण्डलाई स्वागत गरेका थिए ।