प्रकाश सपुतकाे माओवादीविराेधी `पीर´ युट्युबबाट हटाउन र माफी माग्न चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन, २९ फागुन

सत्तारूढ दल नेकपा माओवादी सम्वद्व भातृ संगठनले प्रकाश सपुतकाे हालै युटुबबाट प्रसारित पीर नामक म्युजिक भिडियो तत्काल हटाउन र माफि माग्न माग गरेका छन् ।

शनिबार सार्सार्वजनिक भएको भिडियोमा माओवादी जनयुद्धका उपलब्धिलाई छाेपेर जनयुद्धका याेद्वा जनमुक्ति सेनालाई देहव्यापार र परस्त्रिगमन जस्तो विकृतिमा लागेको दृश्य देखाएर नियाेजितरूपमा जनयुद्व र माओवादीकाे बदनाम गरेको भन्दै उनीहरूले उक्त गित हटाउन चेतावनीसमेत दिएका छन् ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघ, प्रेस सेन्टर नेपाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी र जनक्रान्तिका घाइते तथा अपांग याेद्वा संघले  अाइतबार संयुक्तरूपमा विज्ञप्ति निकालेर विराेध गरेका हुन् ।

हेर्नुस् विज्ञप्ति –