माओवादी केन्द्रीय समिति बैठक सम्पन्न : थपिए ५० (नामावली)

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे राजधानीमा जारी केन्द्रीय समिति बैठक केन्द्रीय समितिलाई पुर्णता दिँदै समाप्त भएको छ ।

महाधिवेशनमा निर्वाचित बाहेकको खाली स्थानमा केन्द्रीय सदस्यहरूकाे मनाेनयन गरिएको हाे । केन्द्रीय सदस्य बनाउने मापदण्ड स्पषट नहुँदा माओवादी केन्द्रमा समस्या खडा भएको थियाे । अाज राजधानीकाे अनुपम फुडल्याण्डमा सम्पन्न भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनाकाे नाम मनाेनित सदस्यकाे रूपमा प्रस्ताव गरेका थिए ।

महाधिवेशनमा केन्द्रीय प्रतिनिधी रहेका ३७ जना सहित ४ जना दलित र ९ जना मधेसी सहित ५० जना मात्रैकाे नाम केन्द्रीय समितिकाे रूपमा अनुमाेदन भएको छ ।

यस अगाडी २४७ जनाको केन्द्रीय समिति महाधिवेशनले घोषणा गरेको थियो । अहिले थप ५० जना गरेर २९७ जनाको केन्द्रीय समिति भएको हो । ४ जना दलित र ९ जना मधेसीको नाम भने पछि तय गरिने एक केन्द्रीय सदस्यले बताए ।