सरकारद्वारा एमसिसि टेबुलकाे तयारी, माओवादीकाे फरक मत, संसदमा छलफल हुने
सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसदको बैठकमा पेश गर्ने तयारी गरेको छ । आज विहान सत्तारुढ गठवन्धनको बालुवाटारमा बसेको बैठकले आजको बैठकमा एमसीसी पेश गर्ने समझदारी बनाएको हो । बैठकमा सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले भने फरक मत राखेको छ ।
नेकपा एकीकृत समाजवादीले हिजोको स्थायी समिति बैठकबाट एमसीसी संसदमा पेश गर्न दिने तर पारित गर्न नदिने निर्णय गरेपछि माओवादी केन्द्रमा थप दबाब परेको थियो । बैठकपछि प्रचण्डका सचिवालयले एक नाेट जारी गरेको छ, जसअनुसार –
१. अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखी सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई MCC मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।
२. अध्यक्ष कमरेडले, यदी तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ।
३. उपरोक्त स्थितिमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो।’