माओवादी निर्णयपछि देउवा ब्याक, बिहीबार शिर्ष बैठक, शुक्रबार संसद

मूलखबर संवाददाता
काठमाडौं

एमसिसि आजै संसदमा यथास्थितिमा टेबुल गर्ने निर्णयबाट प्रधानमन्त्री देउवा पछि सरेका छन् । आजकाे संसद बैठकमा एमसिसि टेबुल गर्ने विषयमा सत्तारूढ दल र गठबन्धनको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्र ले असहमति जनाएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पछि हटेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको संसदिय दलकाे यथास्थितिमा राष्ट्रिय सहमति नबनाई र संसद सुचारू नभई एमसिसि टेबुल नगर्ने र जबर्जस्ती गरेमा सरकार छाड्ने निर्णयसहित बालुवाटार पुगेर भएको बैठकमा प्रधानमन्त्री देउवा टेबुल गर्ने निर्णबाट ब्याक भएका हुन् ।

दुई नेताबीच गठबन्धन कायम गर्ने, सरकार कायम राख्ने र एमसिसिमा राष्ट्रिय सहमति जुटाउने विषयमा भाेली शिर्ष नेताकाे बैठक डाक्ने सहमति भएको छ ।