सत्ता गठबन्धनका शिर्ष नेताकाे भेट
सत्ता गठबन्धन दलका शिर्ष नेताहरूबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको प्रेस संयाेजक सुर्यकिरणले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) के गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ ।
भेटमा प्रचण्डले संशोधनविना पारित गर्न नसकिने भएकोले निर्वाचन पश्चात् छलफल गर्न प्रस्ताव गरेका थिए ।
यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसको तयारीबारे सत्ता गठबन्धनका दलहरुबीच विभिन्न चरणमा छलफल पनि जारी छ ।
बिहीबार बिहान कांग्रेस नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग उहाँकै निवासमा भेट गर्नुभएको थियो ।
दाहाल र कोइरालाको भेटमा एमसिसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा कुरा गर्नुभएको थियो । संसद्मा एमसीसी टेबुल गरेर अगाडि बढ्नुपर्ने विषयमा सत्ता गठबन्धमा तीव्र छलफल भइराखेको छ ।