संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : थापा

मूलखबर संवाददाता
काठमाडौं, २५ माघ

नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको बताएका छन् ।

साेमबार बसेकाे मन्त्री परिषद् बैठकले बैसाख ३० गते स्थानीय तहकाे निर्वाचन गर्ने घाेषणालाई स्वागत गर्दै महामन्त्री थापाले साे निर्णय संविधानकाे मर्म अजुरूप भएको बताएका छन् ।

उनलेे साे निर्णयले निर्वाचन समयमा हुन्न कि भनेेेर गरिएका सबै आशंका र अनुमानकाे अन्त भएको पनि बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले भनेका छन्-

`वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।´