चितवनमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद निर्णय, दुधकाे मूल्य बढाइयाे

मूलखबर संवाददाता
काठमाडौं, १७ माघ

सरकारले भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनको भरतपुर महानगरपालिका वडा १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए।

त्यस्तै खुला विश्वविद्यालयका उपकूलपतिमा डा. शिलु मानन्धर नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले बताए। खुला विश्वविद्यालको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। जसमा मनप्रसाद वाग्ले र इन्द्र कार्की रहेका थिए।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको छ।

सरकारले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।