सङ्क्रमण भएको कति समयमा खोप लगाउन मिल्छ?
सङ्क्रमण भएको कति समयमा खोप लगाउन मिल्छ?
सामान्य अवस्थामा सङ्क्रमण भएको तीनदेखि छ महिनासम्म कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने विज्ञहरू बताउँछन्।
डा. अधिकारी भन्छन्ः ”सङ्क्रमण भएपछि व्यक्तिको शरीरले भाइरसविरुद्ध प्राकृतिक रूपमा काम गर्छ। त्यसैले खोपका लागि ढुक्कसँग तीनदेखि छ महिना कुर्दा हुन्छ।”
अर्का सङ्क्रामक रोग विज्ञ डा. अनूप सुवेदी भने दुई महिनापछि खोप लगाउन हुने बताउँछन्।
उनले बीबीसीसँग भने, “ओमिक्रोनको लहर उर्लिएर आउँदा बूस्टर मात्रा लगाउन पाए सङ्क्रमण भइहाल्दैन कि भन्ने हेतुले खोप लगाउन थालिएको हो। यदि अहिले कसैलाई सङ्क्रमण भइसकेको छ भने खोप लगाउन हतार गर्नु पर्दैन।”