पुष्पका तीन कविता
गर्भको पिडा
हामी चार भाइ क्यसिनो मा
जुवा खेल्दा खेल्दै
अकस्मात घरबाट फाेन आयो
आमाको फोन आयो
पुस्बे ए पुस्बे ?
माकुने कता छ?
सेरे कता छ?
के पि कता छ?
यो बुढेसकालमा
म फेरि दोजिया भएको छु
यो मेरो दोष होइन
बाध्यता हो
मलाइ बेथा लागिसक्यो
मर्न लागिसके
ग्रयाण्डिमा होइन
आफ्नै प्रसुती गृहमा लैजाओ
मैले फेरि बुढेसकालमा
युगपुरुष जन्माउनु छ
सुस्तामा लड्ने
कालापानी मा लड्ने
लिम्पियाधुरा मा लड्ने
नामर्द होइन बहादुर
आदर्श बादी हैन यथार्थवादी
पुस्बे ? ए पुस्बे ?
मलाइ गर्भको पिडा सुरु भो
माकुने कता छ
सेरे कता छ
के पि कता छ
लैजाओ
छिटै हस्पिटल लैजाओ
#####
आजकल
आजकल जिन्दगी
झन बोझिलो बन्दै गयको छ
धेरै सुत्न मन लाग्छ
अझै सुत्न मन लाग्छ
चिर निद्रामा पुग्न मन लाग्छ
कहिल्यै नब्युझिने गरि
माहानिद्रामा पुग्न मन लाग्छ
हिजो तिमिले भनेकी थियौ
चिर निद्रामा पुग्ने
महा निद्रामा पुग्ने
सिल्पिङ टयाबलेट छ भनेर
बश, त्यो मलाइ
सुटुक्क पठाइदेउ
तिम्रो हिसाबकिताबको
सावाँ र ब्याज
गुन्ले नसके पनि
खुन्ले तिरौला
####
कालो टीका
प्यारी! जहिलेदेखी तिमी
मेरो जिवनमा आयौ
म खुशिले जीउदै थिए
हाम्रो बिश्वासकाे घर बन्यो
तर तिमिले विश्वासको घरलाई
कुल्चदै गयौ
तिम्रा मागहरु बढदै गए
मैले तिम्रा मागलाइ सम्बोधन गर्न
सुनका हार मंगलसुुत्र, बाला
सारा किनिदिए
तिमी थप महत्वाकांक्षी बन्दै गयौ
तिमिलाइ अब
काठमाडौंमा घर चाहियो
मेरो यो सानो जागीरले
तिम्रा माग पूरा गर्न म
सक्दिन प्रिय
तिमिले भनेजस्तै
भ्रष्टाचारको कालो टीका
मलाई सुहाउँदैन प्रिय
जीवन जिउनुको अर्थ
यो होइन प्रिय
जीवन श्रमले ज्युनु पर्छ
जीवन स्वाभिमानले जिउनु पर्छ
सुनेको छु आजकल
माइतमा छ्यौ रे
तिमी बुझ्दिनौ
बुझ्ने कोसिस त गर
आज मोबाईल पनि बन्द छ
कुरा नगरेको पनि धेरै भो
अनुहार पुस्तक को
याे पोस्टलाई हेरेर
फर्केर आउ घर
अब त महिना लागिसक्यो
अघोरी नबन प्रिय
तिम्रो पेटको नासोलाइ
यो सन्सार देखाउनु छ
असल सँस्कार सिकाउनु छ
सभ्य नागरिक बनाउनु छ।
पुष्प पाैडेल, अर्चलबाेट, लमजुङ