सिसिएमसीकाे सिफारिस शिक्षा मन्त्रालयद्वारा स्वीकृत, पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द

मूलखबर संवाददाता
काठमाडौं

शिक्षा मन्त्रालयले काेभिड व्यवस्थापन समिति सिसिएमसीले गरेकाेे सिफारिस अनुसार नै विद्यालयहरू माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

सिसिएमसीकाे आइतबारकाे बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियाे ।

कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय कक्षा बन्द गर्न सिफारिस गरेको थियाे । कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि समितिको आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको थियोे ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले हस्ताक्षर गरि जारी भएकाे सुचनामा साे अवधिमा १२ देखि १८ सम्मका उमेर समुहका विद्यार्थीलाई खाेप लगाउन पनि निर्देशन दिएकाे छ ।

त्यसैगरी, आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।