माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण, स्वास्थ्य सामान्य, होम आइसोलेसनमा

मूलखबर संवाददाता
काठमाडौं, २४ पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई कोरोना संक्रमण देखिएको छ ।
प्रचण्डको सचिवालय र नारायणकाजी श्रेष्ठ आफैंले फेसबुकमार्फत सो जानकारी गराएका हुन् ।

प्रचण्डको स्वकिय सचिवालयका तर्फबाट जारी गरिएको सुचनामा भनिएको छ – अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी एऋच् परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।

त्यसैगरी श्रेष्ठले लेखेका छन्- पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु ।हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।