वेपत्ता परिवार सदस्य सुरेन्द्र बस्नेत युवा परिषद उपाध्यक्षमा नियुक्त
राज्यद्वारा वेपत्ता नागरिक परिवारका एक सदस्य सुरेन्द्र बस्नेत युवा परिषद्काे कार्यकारी उपाध्यक्षमा नियुक्त भएका छन् ।
सरकारले युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादी केन्द्रका युवा नेता बस्नेतलाई नियुक्त गरेको हाे ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा अखिल क्रान्तिकारीका तत्कालिन उपाध्यक्ष तथा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश सचिव बस्नेतलाई नियुक्त गरेको हो । बस्नेत बेपत्ता परिवारका सदस्य समेत हुन् । उनको एक दाजु र एक भाई जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका छन् ।
झापाका स्थायी बासिन्दा तथा भक्तपुरका अस्थायी बासिन्दा बस्नेतको एक दाजु पुष्प बस्नेत, एक भाई धिरेन्द्र बस्नेत राज्यद्वारा बेपत्ता अवस्थामा छन् भने एक दाजु, एक भाइ र बुबासमेत अहिले पनि माओवादी केन्द्रका सक्रिय राजनीतिमा छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएका नेता बस्ने लामो समय अखिल क्रान्तिकारीको बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए । क्रान्तिकारीमा नयाँ नेतृत्व चयन भएसँगै बस्नेत लगायका नेताहरु पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा भर्खरै सम्पन्न महाधिवेशनमा सहभागि भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा रहेका बस्नेतले राजनीति शास्त्र तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।