माओवादी अध्यक्ष प्रचण्डको दस्तावेज सर्वसम्मतिले पारित
नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनकाे आज छैटौँ दिन अध्यक्ष प्रचण्डको`२१ आैं शताब्दीमा समाजवादकाे नेपाली बाटाे´ शिर्षककाे वैचारिक तथा राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
महाधिवेशनमा राम कार्कीले पेश गरेकाे पुरक प्रस्तावका विषयलाई दस्तावेजमा समावेश गर्ने तथा लेखनाथ न्याैपानेकाे फरक मतलाई फरक मतकै रूपमा ग्रहण गरि आगामी महाधिवेशनमा लैजाने अध्यक्ष प्रचण्डले बताए ।
प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।