गैरआवासीय नेपाली सङघको महाधिवेशन आगामी पुस २ र ३ गते, निर्वाचन मंसिर २९ गते

मूलखबर संवाददाता
काठमाडौं

गैरआवासीय नेपाली सङघको स्थगित महाधिवेशन र निर्वाचनको नयाँ मिति तय भएको छ । सङस्घको अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री डा। नारायण खडस्कासँगको परामर्शका आधारमा नयाँ मिति तय गरिएको जनाउनुभएको छ ।
अध्यक्ष पन्तले प्रेस विज्ञप्ति जारी गर्दै दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी पुस २ र ३ गते हुने जानकारी दिनुभएको छ । त्यस्तै निर्वाचन भने मङस्सिर २९ गते हुनेगरी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

गत महिनाका लागि तय भएको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्रअनुरूप स्थगित भएको थियो । परराष्ट्रमन्त्रीसँग भएको वार्तामा सङस्घले मन्त्रालयसमक्ष महाधिवेशन तथा विश्व सम्मेलनबारे प्राप्त असहमतिबारे मार्गचित्रसमेत प्रस्तुत गरेको जनाइएको छ ।
सङस्घका विभिन्न बैठकले गरेका औपचारिक निर्णयका आधारमा महाधिवेशन प्रतिनिधिहरूको सूची निर्वाचन समितिलाई आजै बुझाइने जनाइएको छ । सङस्घको निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुटस्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अध्यक्ष पन्तले आग्रह गर्नुभएको छ ।