नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त

मूलखबर संवाददाता
काठमाडौं

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुन् । घिमिरे यसअघि बिमा समितिको अध्यक्ष दौडमा समेत रहेका थिए । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बिमा विषयमा राम्रो जानकार भएका व्यक्ति हुन् ।
लमजुङ्ग जिल्लाको दोर्दी गाउँपलिका वडा नं ३ मा जन्मीएका डा घिमिरे हाल पोखरामा बसोबास गर्दै आएका छन् । स्पष्ट वक्ता र मृदुभाषी घिमिरे विमा क्षेत्रमा उत्कृष्ट ज्ञाता समेत मानिन्छन् ।

सञ्चारमन्त्री कार्कीका अनुसार कम्पनीको सञ्चालकमा मदन पोखरेल नियुक्त भएका छन् । पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराइरहेका व्यक्ति हुन् ।