अर्थमन्त्री शर्माले ल्याए १६ खर्ब ३३ अर्बकाे बजेट

मूलखबर संवाददाता
काठमाडौं

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सरकारले यश अघिकाे अाेली सरकारले अध्यादेशबाट ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएको हाे । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् । कुल बिजियोजित मध्ये संघले खर्च गर्ने चालु तर्फ ४१ दशमलव ५२ प्रतिशत, पुजीतर्फ २३ दशमलव १६ प्रतिशत , बित्तिय व्यवस्था तर्फ ११ दशमलव ६० प्रतिशत र संघ तथा स्थानीय तहमा बित्तिय हस्तान्तरण तर्फ २३ दशमलव ७२ प्रतिशत रहने अर्थमन्त्री शर्माले बताए।

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १० खर्व ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट रु ५९ अर्ब ९२ करोड रहेको छ । अर्थमन्त्री शर्माले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए। त्यस्तै मुद्रास्फीति दर ६ दशमलव ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ । त्यस्तै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री शर्माले बताएका छन् ।