स्थायी समितिद्वारा वाइसीएलकाे नेतृत्व टुंग्याउने जिम्मा प्रचण्डलाई

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केेेन्द्रकाेे भातृ संंगठन वाइसिएलकाेे जारी भेेेलामा नेेेेतृत्व चयन हुन नसकेपछि माओवादी केन्द्रको आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकले योङ कम्युनिस्ट लिग (वाइसियल)को नेतृत्व चयन गर्ने जिम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीले जारी वाईसियलको नेतृत्व सहमतिमा चयन हुन नसकेपछि प्रचण्डलाई जिम्मा लगाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

वाईसीएलको तिन दिनदेखि जारी भेलामा नेतृत्वको लागि सहमति नभएपछि माओवादी केन्द्रको स्थायी कमिटी बसेर प्रचण्डलाई जिम्मा दिएको हो ।

शनिबारदेखि जारी भेला दुई दिनमै सकिने भनिएपनि नेतृत्वमा सहमति नहुदा सोमबारसम्म जारी रहेको छ । नेतृत्व सहमतिमा नै चयन गर्ने भनिएपनि दाबेदारबीच सहमति हुन नसक्दा भेला लम्बिएको हो । हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने र नयाँ नेतृत्व चयन गर्ने भएकाले तीन जना अध्यक्षका दाबेदार छन् ।

अहिलेका वाईसीएल महासचिव सुबोध शेर्पाली उपाध्यक्ष सुमन देवकोटा र यशोदा न्यौपानले अध्यक्षमा दावी गरेका छन् । माओवादी केन्द्रले प्रचण्डलाई आजै पदाधिकारी, अध्यक्ष, उपाध्यक्ष र महासचिव चयन गर्न जिम्मा दिएको साहले जानकारी दिए ।