अर्थमन्त्रीले संसदमा ल्याएको जानकारी पत्रमा के छ ? (पूर्ण पाठसहित)
अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा संसदको बैठकमा जानकारी पत्र जारी गरेका हुन् ।
अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।
विगतको अर्थतन्त्रको अवस्था र अहिलेको वर्तमान अवस्थाको यथार्थ चित्रण गराउने गरी जानकारी पत्र ल्याउन लागिएको बताइएको छ ।
अर्थमनत्री शर्माका प्रेस विज्ञ गोविन्द रोकाका अनुसार अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाको यथार्थ अवस्थाको जानकारी दिन जानकारी पत्र संसदमा प्रस्तुत गर्न लागेका हुन् । जानकारी पत्रमा आर्थिक सुचकहरुको अवस्था, बजेट कार्यान्वयनको अवस्थादेखि समग्र आर्थिक गतिविधिको मुल्यांकन समावेश गरिएको छ ।
अतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने बताएको थियो । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले पनि पुष्टि गरेको छ ।
शर्माले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ ।
यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आर्थिक-जानकारी-पत्र-MInister-Copy