देउवालाई एमालेको माधव पक्षले विश्वासको मत दिने, ओली पक्षले नदिने
नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदहरुले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।
एमालेको संस्थापन पक्ष के पी शर्मा ओली पषधर स्थायी समितिको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने कार्यदलमा रहेमा माधव पक्षका नेताहरुले समेत पार्टीको संस्थागत निर्णय मान्ने बताइरहेका छन् ।
यसअघि नेपाल पक्षका सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै हस्ताक्षर गरेका थिए। एमाले सांसद विरोध खतिवडाले संसदलाई पूर्ण कार्यकाल चल्न दिने नीतिअनुसार आफूहरूले देउवालाई विश्वासको मत दिने बताए।
सांसद रामकुमारी झाँक्रीले देउवाको पक्षमा आफूहरूले हस्ताक्षर गरिसकेकाले विश्वासको मत दिने बताइन्। यस विषयमा माधव पक्षको बैठक माधव नेपाल निवास कोटेश्वरमा आयोजना गरिएको छ ।