देउवाको नेतृत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन, गृहमा खाँड, अर्थमा शर्मा, उर्जामा भुषाल
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको फेरी नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आएको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्।
माओवादी केन्द्रबाट अर्थमन्त्रीको रुपमा जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा पम्फा भुसालले सपथ लिएका हुन् ।
त्यसैगरी कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा सपथ लिएका छन् ।