दुई दिनभित्र हस्ताक्षर फिर्ताको ओली निर्देशन खारेज गर्न बामदेबको माग
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेका वरिष्ठ नेता माधवकुमार सहितका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर दुई दिन भित्र फिर्ता गराउन ओलीले दिएको निर्देशन खारेज गर्न माग गरेका छन् । उनले बैठकमा निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका हुन्।
बालुवाटारमा जारी बैठकले २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।