सावधान ! आज अत्याधिक वर्षाको सम्भावना, नदीहरुमा आकस्मिक बाढी, पहिरोको पनि उच्च जोखिम
असारको पहिलो दिनदेखि नै नेपालको पश्चिमि भुभाग र मध्य भागमा अत्याधिक वर्ष हुने देखिएको छ ।
मौसम विज्ञान विभागका अनुसार आज देशको पश्चिम क्षेत्र खासगरी सुदुर पश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती प्रदेशमा अत्यधिक वर्षाको सम्भावना छ । विभागले ठुला तथा मझौला नदिहरुमा आकस्मिक बाढी आउने तथा कमजोर भुभागमा पहिरोको जोखिम हुनसक्ने जानकारी दिएको छ ।
गत महिना गण्डकी प्रदेशको लमजुङमा एकै दिनमा ८६ पटक सम्म भुकम्पको पराकम्पन आएर क्षती पुर्याएको थियो । यी भुभागहरुमा पहिरोको उच्च जोखीम रहेको देखिएको छ । जसलाई नक्सामा देखाइएको छ जहाँ अत्यधिक गाडा रङ छ त्यसमा बढी पानी पर्ने हुन्छ ।