नेपाललाई १० लाख डोज खोप अनुदान दिने चिनियाँ राष्ट्रपति सि काे घाेषणा

मूलखबर संवाददाता
काठमाडौं

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।