लमजुङ भुकम्पको पराकम्प जारी : चार घाइते, दुई दर्जन घरमा क्षती, जनजीवन आतंकीत

मूलखबर संवाददाता
काठमाडौं, ४ जेठ ।

लमजुङमा बुधबार विहानै गएको भुकम्पको पराकम्पनहरु आइरहेका छन् । विहान ५ बजेर ४२ मिनेटमा भुलभुले केन्द्र भएर आएको ५.८ रेक्टर स्केलको भुकम्पले भुलभुले आसपासमा केही घर भत्केका थिए भने बेसिशशहरमा एक जना महिला घाइते भएकी थिइन् ।
त्यसपछि पुन ८ बजेर ४६ मिनेट जाँदा सोही स्थान केन्द्र भएर आएको अर्को ५.३ रेक्टर स्केलको भुकम्पले दोदी गाउँपालिकाको वडा नं ज्ञ मा १५ घरमा क्षती पुगेको दोर्दी गाउँपालिकाका सुचना अधिकृत धर्म गुरुङले जानकारी दिए ।

जिल्ल प्रशासन कार्यलयका प्रमुख जिल्ल अधिकारी होम प्रसाद लुइटेलले भूकम्प जाँदा १५ वटा घर भत्केका र भूकम्पले घर भत्किँदा चोट लागेर ४ जना घाइते भएका जानकारी दिएका छन् । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र बेशीसहर नगरपालिका वडा नं ११ की ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् ।

यस्तै मर्स्याङ्दी ६ ठूलोबेसिका गोबिन्द अधिकारी, बेसिसहर-८ ओख्लेफाटका २९ वर्षीया  खुशीमाया गुरुङ  भाग्ने क्रममा घाइते भएका छन् । घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ। घाइतेहरुको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

डिएसपी थापाका अनुसार भत्किएका सबै घर कच्ची हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्काउँदा स्थानीयहरु घाइते हुन पुगेको थापाले बताए । भुकम्पले मस्र्याङदी गाउँपालिका, बेशीशहर नगरपालिका र दोदी गाउँपालिकामा धेरै क्षती पुगेको छ ।

विहान ५ बजेर ४३ मिनेटमा गएको भुकम्पले आसपासको जनजीवन त्रसित बनेको र घरबाट सबै मानिसहरु आतंकीत भएर बाहीर निस्केका थिए । विहानैदेखि पटक पटक आइरहेको भुकम्पले लमजुङको जनजीवनमा त्रास छाएको छ । मानिसहरु घरबाट बाहीर निस्केर सडकमा र बारीमा बसिरहेका छन् । कोरोनाको त्रासले आक्रान्त लमजुङवासीलाई भुकम्पले झन आतंकीत बनाएको छ र घर बाहीर निकालेको छ ।