पाेखरेल विरूद्व ४२ सांसदकाे सशरीर हस्ताक्षर : नियुक्ति बदर हुने
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पाेखरेलकाे नियुक्ति बदर हुने संभावना देखिएको छ । माअाेवादी केन्द्रकाे नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माअाेवादी केन्द्र राेजेकी विमला खत्रीसमेत ४२ जनाकाे बहुमत हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि पाेखरेलले बहुमत दावी गर्दै लिएको नियुक्ति बदर हुने देखिएको हाे ।
लुम्बिनीमा राजनीतिक संकट गहिरिँदै गएका बेला प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको मागसहित लुम्बिनीका विपक्षी गठबन्धनका ४२ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत दलको नेताका रुपमा पुनः नियुक्ति गरेपछि विपक्षी गठबन्धनका नेताहरुले विश्वास छैन भन्दै अर्काे पत्र बुझाएका हुन् ।
उनीहरुले धारा १६८ (२) बमोजिम माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न पत्रसहित निवेदन दिएका हुन् ।
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले आफूहरुको पक्षमा ४२ जना सांसद रहेको दाबी गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुने दाबी गरेकी छिन् ।
अहिले बुटवलमा विपक्षी दलहरूको बैठकमै रहेकी घर्तीले भनिन्, ‘हामी तिरका सांसदहरुको पनि हस्ताक्षर देखाएर उहाँ फेरि मुख्यमन्त्री बन्नुभएको रहेछ, किर्ते गरेर प्रदेश प्रमुखलाई झुक्याउनुभएको रहेछ, यहाँ ४२ जना सांसदहरु सशरीर उपस्थित छन् । ४२ जनाले दाबी गरेपछि पोखरेलको मुख्यमन्त्री पद बदर हुन्छ ।’