लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पाेखरेलले दिए राजिनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।
मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जनाएको छ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।
उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।
अाजकाे बैठकमा उनीविरूद्व प्रस्तुत हुने अविश्वास प्रस्तावमा एमालेका केही सांसदले फ्लाेर क्रस गरेर उनलाई मुख्यमन्त्रीबाट हटाउने सम्भावना देखेपछि उनले त्यस अघि नै राजिनामा गरेका हुन् ।