एमसीसी संसदमा पेश नगरेकोमा प्रधानमन्त्रीको आक्रोस, ‘सभामुख बाधक भए’-ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनीक रुपमै सभामुखको आलोचना गर्दै एमसीसीमा बाधक भएको बताएका छन् । उनले सभामुख अग्नी प्रसाद सापकोटाले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको आरोप लगाए ।
उनले यी दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको दावी गरे ।
एमसिसी सम्झौतालाई संसदमा निर्णयार्थ पेश नगरिनुलाई संविधानविपरीत भएको प्रधानमन्त्री ओलीले बताए।
‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने अधिकार कसैसँग हुँदैन तर अहिले हामीले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने।