यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपाली क्रिकेट राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त. नेपाली क्रिकेट राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा श्रीलंकन मूलका डेभ वाटमोर नियुक्त भएका छन् ।. विश्व क्रिकेटमा विजयी इतिहास बनाएका वाटमोरले ११ जना प्रतिस्पर्धीलाई उछिन्दै नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका हुन् । यस प्रतिस्पर्धामा पूर्वप्रशिक्षक पुबुदु दशानायके समेत थिए ।. १९८८ देखि प्रशिक्षणमा सक्रिय वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मिएर अष्ट्रेलियाबाट खेल करिअर बनाएका क्रिकेटर हुन् । एक दशक सम्म सक्रिय खेल जीवन बिताएका उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।. भारतीय राष्ट्रिय टोलीको प्रशिक्षकको लागि दावेदार मानिएका उनी आईपीएल टिम कलकत्ता नाइट राइडर्सको भने प्रशिक्षक थिए । त्यसपछि लगत्तै पाकिस्तानको प्रशिक्षकमा नियुक्त भएका थिए ।. १९९६ मा उनैको प्रशिक्षणमा श्रीलंकाले विश्वकप जितेको थियो । श्रीलंकामा दुई पटक सम्म प्रशिक्षकको रुपमा रहेका उनले २००३ मा भने श्रीलंकन टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । नेपालमा आउनुअघि उनी बंगलादेश, पाकिस्तान र श्रीलंकाको प्रशिक्षक बनिसकेका अनुभवी प्रशिक्षक हुन् ।. यससँगै नेपाल क्रिकेट संघ ९क्यान०को महाप्रवन्धकमा रौनक मल्ल नियुक्त भएका छन् । क्रिकेट म्यानेजरको रुपमा विनोद दास नियुक्त भए ।.
नेपाली क्रिकेट राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
मूलखबर संवाददाता
काठमाडौं
नेपाली क्रिकेट राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा श्रीलंकन मूलका डेभ वाटमोर नियुक्त भएका छन् ।
विश्व क्रिकेटमा विजयी इतिहास बनाएका वाटमोरले ११ जना प्रतिस्पर्धीलाई उछिन्दै नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका हुन् । यस प्रतिस्पर्धामा पूर्वप्रशिक्षक पुबुदु दशानायके समेत थिए ।
१९८८ देखि प्रशिक्षणमा सक्रिय वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मिएर अष्ट्रेलियाबाट खेल करिअर बनाएका क्रिकेटर हुन् । एक दशक सम्म सक्रिय खेल जीवन बिताएका उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।
भारतीय राष्ट्रिय टोलीको प्रशिक्षकको लागि दावेदार मानिएका उनी आईपीएल टिम कलकत्ता नाइट राइडर्सको भने प्रशिक्षक थिए । त्यसपछि लगत्तै पाकिस्तानको प्रशिक्षकमा नियुक्त भएका थिए ।
१९९६ मा उनैको प्रशिक्षणमा श्रीलंकाले विश्वकप जितेको थियो । श्रीलंकामा दुई पटक सम्म प्रशिक्षकको रुपमा रहेका उनले २००३ मा भने श्रीलंकन टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । नेपालमा आउनुअघि उनी बंगलादेश, पाकिस्तान र श्रीलंकाको प्रशिक्षक बनिसकेका अनुभवी प्रशिक्षक हुन् ।
यससँगै नेपाल क्रिकेट संघ ९क्यान०को महाप्रवन्धकमा रौनक मल्ल नियुक्त भएका छन् । क्रिकेट म्यानेजरको रुपमा विनोद दास नियुक्त भए ।