यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काेराेना जितेपछि सांसद शान्ता चाैधरीले लेखिन्- कसैलाई पनि काेराेना जस्तो शत्रु नलागाेस्. नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् ।. विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा अाइसियुमा लगिएको थियाे ।. शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् ।. ‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘…आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।. १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् ।. उनले लेखेकी छन्, ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें । बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौं शुभचिन्तकहरूको भीडमा एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’. आफूलाई पुनर्जीवन दिएको भन्दै उनले वीर अस्पतालका सबै डाक्टरहरू, नर्सहरू र अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।. ‘उहाँहरुले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें । उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला,’ चौधरीले फेसबुकमा लेखेकी छन् ।. कसैका परिवारलाई पनि अस्पतालमा बस्नु नपरोस्, अस्पताल खोज्दै हिँड्नु नपरोस् र कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्ने शक्ति मिलोस् ।.
काेराेना जितेपछि सांसद शान्ता चाैधरीले लेखिन्- कसैलाई पनि काेराेना जस्तो शत्रु नलागाेस्
मूलखबर संवाददाता
काठमाडौं
नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् ।
विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा अाइसियुमा लगिएको थियाे ।
शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् ।
‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘…आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।
१९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें । बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौं शुभचिन्तकहरूको भीडमा एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’
आफूलाई पुनर्जीवन दिएको भन्दै उनले वीर अस्पतालका सबै डाक्टरहरू, नर्सहरू र अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
‘उहाँहरुले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें । उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला,’ चौधरीले फेसबुकमा लेखेकी छन् ।
कसैका परिवारलाई पनि अस्पतालमा बस्नु नपरोस्, अस्पताल खोज्दै हिँड्नु नपरोस् र कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्ने शक्ति मिलोस् ।