पेरिसडाँडामा बस्न लागेको नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

मूलखबर संवाददाता
काठमाडौं, २ असोज

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज पुर्व माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
पार्टी एकतापश्चात पहिलोपटक पेरिसडाँडामा नेकपाको बैठक बस्नलागेको अन्तिम समयमा आएर स्थगित भएको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिएको छ ।

आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो । यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।