यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काठमाडौं मेयर शाक्य र वरिष्ठ चिकित्सक भोला रिजाललाई पनि कोरोना संक्रमण. विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ चिकित्सक डा. भोला रिजालपनि संक्रमित भएका छन् ।. काठमाडौंमा बढ्दै गएको कोरेना संक्रमण समुदाय स्तरमा फैलिएको भनेर समुदायका सबैलाई परिक्षण गर्ने घोषणा गरेका मेयर शाक्य आफेंलाई कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो ।. डा भोला रिजालले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । डा रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।. काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको काठमाडौँ महानगरपालिकाका प्रेस विज्ञ मोहन बास्तोलाले बताउनुभयो ।. दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।.
काठमाडौं मेयर शाक्य र वरिष्ठ चिकित्सक भोला रिजाललाई पनि कोरोना संक्रमण
मूलखबर संवाददाता
काठमाडौं, १६ भदौ ।
विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ चिकित्सक डा. भोला रिजालपनि संक्रमित भएका छन् ।
काठमाडौंमा बढ्दै गएको कोरेना संक्रमण समुदाय स्तरमा फैलिएको भनेर समुदायका सबैलाई परिक्षण गर्ने घोषणा गरेका मेयर शाक्य आफेंलाई कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो ।
डा भोला रिजालले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । डा रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको काठमाडौँ महानगरपालिकाका प्रेस विज्ञ मोहन बास्तोलाले बताउनुभयो ।
दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।