कोरोना कहर : उपत्यकामा ९८ सहित २४ घण्टामा ४सय ६८ थपिए, २ को मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन ।

विश्वव्यापी महामारीको रपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट गत २४ घण्टामा नेपालमा ४६८ थप संक्रमित भएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा झण्डै सय अर्थात ९८ जना थपिएका छन् । त्यसैगरी यस अवधिमा २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरी कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो समय होमआइसोलेसनमा ५ सय २३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।