भरतपुर कोरोना अस्पतालमा रहेका मिर्गाैला रोगीको मृत्यु, स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी
भरतपुरस्थित कोरोना उपचार अस्पतालमा रहेको आइसोलेसन वार्डमा एक जनाको मृत्यु भएको छ । आज विहान मृत्यु भएका विरगञ्ज निवासी सन्तोष यादव मृगौला रोगि भएको र विरगंजबाट केही दिन अघि चितवन मेडिकल हुँदै कोरोना अस्पतालमा आइसोलेसन कक्षमा राखिएको थियो । र विरगंजबाट केही दिन अघि चितवन मेडिकल हुँदै कोरोना अस्पतालमा आइसोलेसन कक्षमा राखिएको थियो ।
उनको हिजो मात्रै स्वाव परिक्षणको लागि टेकु पठाइएको र रिपोर्ट आउन बाँकि रहेको बुझिएको छ । उनको मृत्यु लुपस नामक रोगका कारण उनको मिर्गाैला अत्यन्तै खराब भएको भनेर अस्पतालले आधिकारिक विज्ञप्ति सार्वजनिक गरिसकेको छ ।
उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो। उनको शव अस्पतालमै राखिएको छ। उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो।
उनको मृत्यु लुपस नामक रोगका कारण भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो। तर कोरोना संक्रमण भए-नभएको रिपोर्ट आउन बाँकी छ ।