कोरोनाको केन्द्र वुहानमा रहेका नेपालीको अवस्था के छ ?

डा. प्रिन्स रौनियार
वुहान

वुहानलगायत छेउछाउमा रहेका सबै शहरहरु लक डाउन भएको आज १८ दिन भैसकेको छ । यसको अर्थ, हामीले १४ दिनको परीक्षण अवधि पार गरिसकेका छौं र हामी सबै नेपालीहरु अहिलेसम्म स्वस्थ छौं ।

हामीले आफूलाई कोठामा थुनेर राखेका छौं । समाजमा घुलमिल गरेका छैनौं । यदि कोही पनि संक्रमित भएको भए अहिलेसम्म चीन सरकारले हामीलाई आफैं अस्पतालमा लगिसकेको हुन्थ्यो । तर, हाम्रो आफ्नै सतर्कताले गर्दा कोही पनि संक्रमित भएनौं ।

यहाँ कोही पनि लुकेर बस्न सक्दैन । खानाको अभाव अहिले छैन । किनकि हामीले एकैचोटि दुईरतीन हप्ता पुग्ने गरी सामग्री जुटाएर राखेका छौं । तर, अब खाने सामाग्री त अवश्य सकिन्छ । त्यसपछि किन्न बजार जानुपर्छ । अब यो बेला बजार जानु भनेको संक्रमणको जोखिम उठाउनु हो भन्ने कुरा स्पष्ट छ ।

पानीको अभाव भने अवश्य छ । सुद्ध पानी नखाएको एक हप्ता भैसकेको छ । धारामा आउने बोरिङको पानी उमालेर पिउनु परेको छ ।

अहिले हाम्रो उद्धार गर्न जोखिमपूर्ण छैन भन्ने कुरा तपाईहरुले बुझिसक्नुभयो भन्ने आश गर्दैछु । तर, अब जति ढिलो हुन्छ, त्यति नैे संक्रमणको सम्भावना ठूलो हुन्छ भनेर सबैले बुझ्नुपर्छ ।
उद्धारका क्रममा कोही पनि लुकेर भाग्न सक्दैन । किनभने चीनको विमानस्थलमा सबैको पूर्ण स्वस्थ जाँच हुन्छ र कसैमा संक्रमण देखिएको खण्डमा उसलाई तुरुन्त अस्पताल लगिन्छ र उसले स्वदेश फर्किने अनुमति पाउँदैन ।

चीनबाट नेपाल फर्किएपछि विमानस्थलमै पुनः पूर्ण स्वास्थ जाँच गरिन्छ र संक्रमण देखिएको खण्डमा तुरुन्त अस्पताल लगिन्छ । संक्रमण नदेखिएको खण्डमा पनि घर जान नदिई क्वारेन्टाइनका लागि एउटा व्यवस्थित ठाउँमा १४ दिन निगरानीमा राखिन्छ ।

यति धेरै जाँचबाट हामी गुज्रिरहँदा कसरी कसैले हामीलाई ‘लिभिङ बाइलोजिकल बम’को संज्ञा दिन मिल्छ रु मिल्दैन ।

अहिलेको ‘लिभिङ बाइलोजिकल बम’ भनेको बिना रोकटोक र स्वास्थ जाँचबिना चीनका अन्य शहरबाट नेपाल भित्रिरहेका सबै मान्छेहरु हुन् । त्यसरी भित्रिरहेका नेपाली, चिनियाँ र अन्य बिदेशीहरुमध्ये कोही पनि संक्रमित भएमा नेपालमा कसरी कोरोना भाइरस फैलिन सक्छ भन्ने कुरामा नेपाल ध्यानाकर्षण होस् ।

खुल्लारुपमा नेपाल भित्रिसकेपछि यदि कसैले कोरोनाको लक्षण देखायो भने के गर्ने रु कोरोना भाइरस वुहानमा मात्र हैन, पुरै चीनमा फैलिएको भाइरस हो । सरकारले तुरुन्त चीनबाट नेपाल भित्रिने सबै मान्छेको कडा रुपमा स्वास्थ जाँच गर्नुपर्ने थियो । कतै ढिलो त भएन रु यो स्थिति कदापि नआओस् । नेपाल सरकार र जनताले वुहानलाई मात्र लक्षित गरी यिनीहरुलाई नेपाल भित्रिन दिनुहुँदैन नभनियोस् ।

वुहानलगायत हुबेई प्रान्तका सबै नेपालीहरु अहिलेसम्म संक्रमित छैनन् । त्यसैले हामी डराएका छैनौं । तर, यदि अब कसैलाई संक्रमण भैहालेमा हामी कति त्रसित हुन्छौं, विचार गर्नुस् । लाससमेत घरका मान्छेले हेर्न पाउँदैनन् ।

यो भाइरस ठीक हुन कम्तिमा पनि दुईरतीन महिना लाग्न सक्छ । अब हामी त्यत्रो समय थुनिएर त अवश्य बस्न सक्दैनौं । खानाको अभाव अवश्य हुन्छ । बाहिर निस्किनै पर्‍यो । अहिले त जसोतसो बसेकै छौं । तर, भविश्यलाई मध्यनजरमा राखेर सोचौं हाम्रो अवस्था के हुन्छ ?

सबै मुलुकले यो कुरा सोचेरै आफ्ना जनताको उद्धार गरिसके । तर, हामीले कहिले बुझ्ने रु गर्मीसँग यो भाइरसको प्रकोप घट्ने तर्क आइराखेको छ । तर, के हामी अब गर्मी महिना कुरेर बस्ने ?

हामीलाई सरकारले तुरुन्त उद्धार नगरेकोमा दुःख लागेको छैन । न त जनताको विरोधले नै दुःख लागेको छ । दुःख लागेको चाँहि नेपालका विज्ञ डाक्टरहरुको तर्कहरुले हो । उनीहरुले त यसबारेमा राम्ररी बुझेर आफ्नो तर्कहरु दिनुपर्थ्यो ।

कोही भन्छन् नेपालले उपचार गर्न सक्दै, सक्दैन । कोही भन्छन्, चीनमै छाडेको राम्रो । कोही भन्छन् क्वारेन्टाइनमा राखेर केही काम लाग्दैन । र, कोही भन्छन् उनीहरु लिभिङ बाइलोजिकल बम हुन् । यी सब कुतर्क हुन् ।

क्वारेन्टाइन र आइसोलेसन भनेको के हो ?

कोही पनि मान्छे यदि कुनै संक्रमित ठाउँमा बस्दै आएको छ भने उसलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ । स्वास्थ्य संस्थाले उसलाई स्वास्थ्य जाँच गरी संक्रमणको लक्षण छ कि छैन भनेर हेर्छ । लक्षणहरु नदेखिएको खण्डमा उसलाई व्यवस्थित ठाउँमा राखिन्छ, जहाँ उसको बाहिरी मान्छेहरुसँग निकट सम्पर्क नहोस् ।

उसलाई १४ दिन सम्मका लागि कडा निगरानीमा राखिन्छ । उदाहरणका लागि यदि एउटा मान्छे वुहानबाट नेपाल र्फकन्छ भने उसलाई नेपालको विमानस्थलमा स्वास्थ जाँच गरी लक्षण देखिएन भने उसलाई १४ दिन क्वारेन्टाइनमा राखेर निगरानीमा गरिन्छ ।

यदि यो १४ दिनभित्र उसमा लक्षण देखिएन भने उसलाई संक्रमण भएको छैन भन्ने पुस्टि हुन्छ र पूर्णरुपमा ढुक्क भएर समाजमा घुलमिल गर्ने अनुमति दिन सकिन्छ ।

तर, त्यो १४ दिनभित्र संक्रमणको लक्षण देखिएको खण्डमा उसलाई तुरुन्त एउटा अस्पतालमा लगिन्छ र अलग्गै वार्डमा राखिन्छ, जहाँ उसलाई कसैले छुने अनुमति हुँदैन । यसैलाई भनिन्छ आइसोलेसन ।

नेपालमा अहिलेसम्म आफ्ना जनतालाई आइसोलेसनमा राखेको अनुभव छैन । त्यसकारण चीनमा राखेका हामीलाई उद्धार गर्न ढिलाइ भएको बुझ्न सकिन्छ ।

नेपाली समाजमा क्वारेन्टाइनमा राख्ने स्थानबारे बिरोध हुनु पनि स्वाभाविक हो । यसको कारण भनेकै आइसोलेसन र क्वारेन्टाइनका बारेमा पूर्ण जानकारी नभएर हो । तर, हामीले यसबारेमा सबैले सिक्नैपर्छ र जान्नैपर्छ ।-अनलाइनखबरबाट