किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने कृषि मन्त्रालयको तयारी
काठमाडौं, १५ असोज
सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय पत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको पनि जानकारी समेत दिनु भयो ।
राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले किसानलाई परिचय पत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पार्नु भयो । त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाई छ ।
मन्त्री खनालले किसानलाई परिचय पत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।