यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उज्यालोको खोजीमा संघर्षका पाइलाहरु पढेपछि…. सन्तोष पौडेल २०५२ फागुन १ देखि वर्गविहिन समतामुलक समाजको परिकल्पना गर्दै नेपाली धर्तीमा उदाएको महान जनयुद्धले नेपालबाट २ सय ४० वर्षे सामन्ती राजतन्त्रको जरोकीलो हल्लाइदियो र १९ दिने जनआन्दोलनसहितको बलमा राजतन्त्रको स्थान गणतन्त्रले लियो । जनयुद्ध विशाल र विहंगम अनुसन्धान केन्द्र बन्यो र अध्ययन सामग्री तयार गर्नेहरुलाई अद्भूत विश्वविद्यालय बन्यो । सामाजिक र सांस्कृतिक रुपमा नसोचिएका परिवर्तनका मानकहरु स्थापित गर्न जनयुद्ध सफल रह्यो । सकार र नकार दुबैलाई एकै साथ बोकेर जनयुद्धले भिमकाय पहाड चढ्यो कति नकारहरु छाडिए त कति सँगै पनि टाँसिएर आए ।. नवलपरासीकी खिमा रिजालद्धारा लिखीत र भुँडिपुराँण प्रकाशनद्धारा प्रकाशित उज्यालोको खोजीमा संघर्षका पाइलाहरु त्यही जनयुद्धलाई चिनाउने र स्थापित गर्ने एक साहित्यीक कृति हो । पुस्तक पढिरहँदा जनयुद्धको त्यो समग्र तस्वीर आँखा अगाडि आउँछ । विरता र वलिदानका गाथाहरु, समाजमा हेपिएका, थिचिएका, पेलिएका र दबाइएका वर्ग, व्यक्ति र समुदायहरुले देखाएका विरता, सौर्य, साहस, वलिदान र किर्तिमानका कथाहरु र विशेष गरेर महिलाहरुको साहस र विरतालाई पुस्तकमा अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।. लेखिकाको परिवेश र कार्यक्षेत्र तथा कार्यावधि त्यति फराकीलो नभएपनि पुस्तकले सिंगै नेपालको चित्र उतार्न सफल देखिन्छ । पुर्वमा दोलखाको गौरीशंकरदेखि पश्चिममा कालिकोटको महिलाहरुको विद्रोह र प्रतिरोध तथा हतियार कब्जाका सत्य कथाहरु पुस्तकले समेटेको छ । चितवनको भरतपुरमा हतकडि सहित प्रहरीको हिरासत तोडेर भाग्न सफल तारा कुमाल देखि गोरखाको सदरमुकाममा रहेको जेलमा बन्दी जिवन विताइरहेका ६ जना महिला योद्धाहरुले कलात्मक र विरतापूर्ण जेल ब्रेक गरेको घटना पढ्दा जुरुक जुरुक बनाउँछ भने जिउँदै आँखा झिकेर आगोमा जलाइएकी कुमारी बुढाको कथा र बुटबलमा माओवादीलाई आश्रय दिएकै आरोपमा तातोपानीमा चोबलेर यातना दिँदा पनि रत्तिभर नगली क्रान्तिको पक्षमा दृढतापुर्व उभिएकी आमाको कथाले आँङ नै सिरींग बनाउँछ । महिला नेतृ देवी खड्कामाथि गरिएको अत्याचार, परिवारले गरेको विद्रोह, सामना परिवारकी कलाकार तथा कुशल नृत्यंगाना शारदा श्रेष्ठलगायतको सहादत, एकै घरका ५ जनाले शहादतवरण गरेको सुमित्रा घिमीरेको परिवारका कथालगायतका घटनाहरुले वर्ग दुश्मनविरुद्ध आगो ओकल्न मन लाग्छ ।. पुस्तकमा जनयुद्धको थालनिका दिनदेखि करिब समापनको दिनसम्मका महत्वपूर्ण फौजि कार्वाही, माओवादी जनशैलि र कार्यशैली, भुगोलमा काम गर्ने र सेनामा काम गर्ने योद्धाहरुको फरक जिवनशैली र जिम्मेवारी, तत्कालिन सेना पुलिसले घटाएका हत्याकाण्ड, यातना शिवीर र आफ्नै सहकर्मीले गरेका अन्तरघातका कथाहरु पढ्दा पुस्तकबाट आँखै हटाउन मन लाग्दैन भने लेखिका स्वयंले खेपेका मानसिक तनाव, पारिवारीक झमेला र जिवन साथीको विछोडले निम्त्याएको वियोगहरु पढ्दा मन भक्कानिएर थाम्न कठिन हुने गर्दछ । वर्ग संघर्षका जतिसुकै कठिन र जटिल मोडहरुमा नगलेका र संघर्षमा जोदाहा देखिएका कार्यकर्ताहरु अन्तरसंघर्ष र दुई लाइन संघर्षमा कसरी सिथिल बन्दा रहेछन् भन्ने तथ्य पनि उनको पुस्तकमा पाउन सकिन्छ ।. पुस्तकमा लेखिका रिमालले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई रोमाञ्चक र प्रभावकारी रुपमा प्रस्तुत गरेकी छिन्। ‘कालिका चौकी आक्रमण, जनयुद्धले जन्माएको गुमनाम योद्धा, रोमाञ्चक जेलब्रेक, एउटा असल साथी गुमाउँदा, सुमित्रा घिमिरेलाई सम्झँदा’ जस्ता संस्मरणमा जनयुद्धमा नारीले देखाएको अदम्य साहस, सौर्य र वीरता र कलालाई देखाइएको छ।. ‘ऐतिहासिक सहयात्रा, तुहिएको मेरो पत्रकारिता, कहिल्यै नमेटिने युद्धको डोब, आक्रमणको निशाना र परिस्थितिको सामना गर्दा’ शीर्षकमा लेखकले युद्धकाल र त्यसपश्चातका भोगाइ र अनुभूतिलाई संगालेकी छिन्। त्यस्तै जनयुद्धमा कसरी पे्रम गरिन्थ्यो र कसरी विवाह गरेर फेरी रात पनि विताउन नपाई युद्धमैदानमा खट्नु पर्दथ्यो भन्ने कुराहरु पनि उनले पुस्तकमा खुलासा गरेकी छिन् । युद्धमैदानमै झाङ्गिएको प्रेम र विवाहको सन्दर्भ, घर परिवार, समाज र राजनीतिक क्षेत्रका मान्छेबाट पाएको चोट, धोका र विश्वासघात आदिलाई उनले हिम्मत गरेर प्रस्तुत गरिएको पाइन्छ । उनले पुस्तकमा नारीलाई स्वतन्त्र र स्वाभिमानी भएर हिँड्न खोज्दा आउनसक्ने चुनौतिहरु तथ्यसहित प्रस्तुत गरेकी छिन् । जनयुद्धको क्रममा कुनै दुव्र्यबहार भोग्न बाध्य नभएकी लेखिकाले शान्ति प्रक्रियापछि खास गरी एकल महिलाको रुपमा भोग्न बाध्य भएका यौन दुव्र्यवहार र आपत्तिजनक व्यवहारका घटनालाई समेत खुलासा गरेकी छिन् । पुस्तकमा उनको आक्रोस, दुःख, पीडा, भावना र आशंका मिश्रीत छ । उनले जनयुद्धले लिएको आदर्श र सपनाहरु शान्ति प्रक्रिया र अहिलेसम्म आउँदा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।. पुस्तकको भुमिकामा महिला नेतृ शान्ता श्रेष्ठले कृति र कृतिकारमाथि पुरै न्याय गर्दै शशक्त प्रस्तुति दिएकी छिन् भने नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध बुझ्न महत्वपूर्ण र पठनीय पुस्तक भएको भन्दै प्रशंसा गरेका छन् जसले पुस्तक छिटो पढ्न थप प्रेरित गर्दछ ।. चितवनको सप्तगण्डकी क्याम्पसबाट शुरु भएको उनको राजनीतिक यात्रा राजधानी काठमाडौंका विभिन्न गल्ली र शहरसम्म आउँदा विभिन्न आरोह अवरोहबाट मात्रै गुज्रिएको छैन विश्रींखलीत बनाउन बाध्य भएको कुरा उनको पुस्तकमा देखिन्छ । यस संस्मरणात्मक कृतिमा लेखीकाले आफ्नो विद्यार्थी जिवनमा भएको चिनजान, मित्रता पे्रम र त्यही सप्तगण्डकी क्याम्पसमा त्यही मान्छेको शालिक अगाडि पुगेर दिएको प्रतिक्रिया पढ्दा कुनै सिनेमाको पर्दामा हेरिरहे झै भान हुन्छ । केही सिमित पात्रहरुको बारेमा चित्रण गरेपनि उनको कृतिले समग्र जनयुद्धका शहीद र शहादतको बारेमा धारणा बनाउन मद्धत पुग्छ । भाई सुवास पण्डीत, बहिनी भुमिका पौडेल, मित्र किरण पौडेल र विकास अधिकारीलगायतका विषयमा पढ्दा मलाई मन थाम्नै गाह्रो भयो ।. अन्त्यमा कूल २२ वटा शिर्षक समावेश रहेको पुस्तकमा उनले अहिले दुई तिहाईको बहुमतसहितको कम्युनिष्ट सरकार बन्दा बेपत्ता नागरिकहरुको स्थिति सार्वजनीकरणको लागि पहल नगरिएको गुनासो पनि व्यत्त गरेकी छिन् । कतिपय स्थानमा अलि भावना बढि पोखीएपनि पुस्तक मूल रुपमा यथार्थपरक घटनामै केन्द्रीत छ । एकल नारीको रुपमा उनको अनुभुति, अनुभव र दृष्टिकोण महिला अधिकारको पक्षमा नै देखिन्छ । पुस्तकको शुरुमा जगाएको उत्साह उत्तरार्धमा पुग्दा कम हुँदै जानु पुस्तकको कमजोर पक्ष रहेको छ । सारमा शव्द, प्रस्तुति र सन्दर्भको हिसावले पुस्तक पठनीय छ, जनयुद्धका मुल प्रवृत्ति र महत्व बुझ्न सघाउ पुग्ने भएकाले संग्रहणीय छ ।.
उज्यालोको खोजीमा संघर्षका पाइलाहरु पढेपछि…
सन्तोष पौडेल
२०५२ फागुन १ देखि वर्गविहिन समतामुलक समाजको परिकल्पना गर्दै नेपाली धर्तीमा उदाएको महान जनयुद्धले नेपालबाट २ सय ४० वर्षे सामन्ती राजतन्त्रको जरोकीलो हल्लाइदियो र १९ दिने जनआन्दोलनसहितको बलमा राजतन्त्रको स्थान गणतन्त्रले लियो । जनयुद्ध विशाल र विहंगम अनुसन्धान केन्द्र बन्यो र अध्ययन सामग्री तयार गर्नेहरुलाई अद्भूत विश्वविद्यालय बन्यो । सामाजिक र सांस्कृतिक रुपमा नसोचिएका परिवर्तनका मानकहरु स्थापित गर्न जनयुद्ध सफल रह्यो । सकार र नकार दुबैलाई एकै साथ बोकेर जनयुद्धले भिमकाय पहाड चढ्यो कति नकारहरु छाडिए त कति सँगै पनि टाँसिएर आए ।
नवलपरासीकी खिमा रिजालद्धारा लिखीत र भुँडिपुराँण प्रकाशनद्धारा प्रकाशित उज्यालोको खोजीमा संघर्षका पाइलाहरु त्यही जनयुद्धलाई चिनाउने र स्थापित गर्ने एक साहित्यीक कृति हो । पुस्तक पढिरहँदा जनयुद्धको त्यो समग्र तस्वीर आँखा अगाडि आउँछ । विरता र वलिदानका गाथाहरु, समाजमा हेपिएका, थिचिएका, पेलिएका र दबाइएका वर्ग, व्यक्ति र समुदायहरुले देखाएका विरता, सौर्य, साहस, वलिदान र किर्तिमानका कथाहरु र विशेष गरेर महिलाहरुको साहस र विरतालाई पुस्तकमा अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
लेखिकाको परिवेश र कार्यक्षेत्र तथा कार्यावधि त्यति फराकीलो नभएपनि पुस्तकले सिंगै नेपालको चित्र उतार्न सफल देखिन्छ । पुर्वमा दोलखाको गौरीशंकरदेखि पश्चिममा कालिकोटको महिलाहरुको विद्रोह र प्रतिरोध तथा हतियार कब्जाका सत्य कथाहरु पुस्तकले समेटेको छ । चितवनको भरतपुरमा हतकडि सहित प्रहरीको हिरासत तोडेर भाग्न सफल तारा कुमाल देखि गोरखाको सदरमुकाममा रहेको जेलमा बन्दी जिवन विताइरहेका ६ जना महिला योद्धाहरुले कलात्मक र विरतापूर्ण जेल ब्रेक गरेको घटना पढ्दा जुरुक जुरुक बनाउँछ भने जिउँदै आँखा झिकेर आगोमा जलाइएकी कुमारी बुढाको कथा र बुटबलमा माओवादीलाई आश्रय दिएकै आरोपमा तातोपानीमा चोबलेर यातना दिँदा पनि रत्तिभर नगली क्रान्तिको पक्षमा दृढतापुर्व उभिएकी आमाको कथाले आँङ नै सिरींग बनाउँछ । महिला नेतृ देवी खड्कामाथि गरिएको अत्याचार, परिवारले गरेको विद्रोह, सामना परिवारकी कलाकार तथा कुशल नृत्यंगाना शारदा श्रेष्ठलगायतको सहादत, एकै घरका ५ जनाले शहादतवरण गरेको सुमित्रा घिमीरेको परिवारका कथालगायतका घटनाहरुले वर्ग दुश्मनविरुद्ध आगो ओकल्न मन लाग्छ ।
पुस्तकमा जनयुद्धको थालनिका दिनदेखि करिब समापनको दिनसम्मका महत्वपूर्ण फौजि कार्वाही, माओवादी जनशैलि र कार्यशैली, भुगोलमा काम गर्ने र सेनामा काम गर्ने योद्धाहरुको फरक जिवनशैली र जिम्मेवारी, तत्कालिन सेना पुलिसले घटाएका हत्याकाण्ड, यातना शिवीर र आफ्नै सहकर्मीले गरेका अन्तरघातका कथाहरु पढ्दा पुस्तकबाट आँखै हटाउन मन लाग्दैन भने लेखिका स्वयंले खेपेका मानसिक तनाव, पारिवारीक झमेला र जिवन साथीको विछोडले निम्त्याएको वियोगहरु पढ्दा मन भक्कानिएर थाम्न कठिन हुने गर्दछ । वर्ग संघर्षका जतिसुकै कठिन र जटिल मोडहरुमा नगलेका र संघर्षमा जोदाहा देखिएका कार्यकर्ताहरु अन्तरसंघर्ष र दुई लाइन संघर्षमा कसरी सिथिल बन्दा रहेछन् भन्ने तथ्य पनि उनको पुस्तकमा पाउन सकिन्छ ।
पुस्तकमा लेखिका रिमालले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई रोमाञ्चक र प्रभावकारी रुपमा प्रस्तुत गरेकी छिन्। ‘कालिका चौकी आक्रमण, जनयुद्धले जन्माएको गुमनाम योद्धा, रोमाञ्चक जेलब्रेक, एउटा असल साथी गुमाउँदा, सुमित्रा घिमिरेलाई सम्झँदा’ जस्ता संस्मरणमा जनयुद्धमा नारीले देखाएको अदम्य साहस, सौर्य र वीरता र कलालाई देखाइएको छ।
‘ऐतिहासिक सहयात्रा, तुहिएको मेरो पत्रकारिता, कहिल्यै नमेटिने युद्धको डोब, आक्रमणको निशाना र परिस्थितिको सामना गर्दा’ शीर्षकमा लेखकले युद्धकाल र त्यसपश्चातका भोगाइ र अनुभूतिलाई संगालेकी छिन्। त्यस्तै जनयुद्धमा कसरी पे्रम गरिन्थ्यो र कसरी विवाह गरेर फेरी रात पनि विताउन नपाई युद्धमैदानमा खट्नु पर्दथ्यो भन्ने कुराहरु पनि उनले पुस्तकमा खुलासा गरेकी छिन् । युद्धमैदानमै झाङ्गिएको प्रेम र विवाहको सन्दर्भ, घर परिवार, समाज र राजनीतिक क्षेत्रका मान्छेबाट पाएको चोट, धोका र विश्वासघात आदिलाई उनले हिम्मत गरेर प्रस्तुत गरिएको पाइन्छ । उनले पुस्तकमा नारीलाई स्वतन्त्र र स्वाभिमानी भएर हिँड्न खोज्दा आउनसक्ने चुनौतिहरु तथ्यसहित प्रस्तुत गरेकी छिन् । जनयुद्धको क्रममा कुनै दुव्र्यबहार भोग्न बाध्य नभएकी लेखिकाले शान्ति प्रक्रियापछि खास गरी एकल महिलाको रुपमा भोग्न बाध्य भएका यौन दुव्र्यवहार र आपत्तिजनक व्यवहारका घटनालाई समेत खुलासा गरेकी छिन् । पुस्तकमा उनको आक्रोस, दुःख, पीडा, भावना र आशंका मिश्रीत छ । उनले जनयुद्धले लिएको आदर्श र सपनाहरु शान्ति प्रक्रिया र अहिलेसम्म आउँदा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
पुस्तकको भुमिकामा महिला नेतृ शान्ता श्रेष्ठले कृति र कृतिकारमाथि पुरै न्याय गर्दै शशक्त प्रस्तुति दिएकी छिन् भने नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध बुझ्न महत्वपूर्ण र पठनीय पुस्तक भएको भन्दै प्रशंसा गरेका छन् जसले पुस्तक छिटो पढ्न थप प्रेरित गर्दछ ।
चितवनको सप्तगण्डकी क्याम्पसबाट शुरु भएको उनको राजनीतिक यात्रा राजधानी काठमाडौंका विभिन्न गल्ली र शहरसम्म आउँदा विभिन्न आरोह अवरोहबाट मात्रै गुज्रिएको छैन विश्रींखलीत बनाउन बाध्य भएको कुरा उनको पुस्तकमा देखिन्छ । यस संस्मरणात्मक कृतिमा लेखीकाले आफ्नो विद्यार्थी जिवनमा भएको चिनजान, मित्रता पे्रम र त्यही सप्तगण्डकी क्याम्पसमा त्यही मान्छेको शालिक अगाडि पुगेर दिएको प्रतिक्रिया पढ्दा कुनै सिनेमाको पर्दामा हेरिरहे झै भान हुन्छ । केही सिमित पात्रहरुको बारेमा चित्रण गरेपनि उनको कृतिले समग्र जनयुद्धका शहीद र शहादतको बारेमा धारणा बनाउन मद्धत पुग्छ । भाई सुवास पण्डीत, बहिनी भुमिका पौडेल, मित्र किरण पौडेल र विकास अधिकारीलगायतका विषयमा पढ्दा मलाई मन थाम्नै गाह्रो भयो ।
अन्त्यमा कूल २२ वटा शिर्षक समावेश रहेको पुस्तकमा उनले अहिले दुई तिहाईको बहुमतसहितको कम्युनिष्ट सरकार बन्दा बेपत्ता नागरिकहरुको स्थिति सार्वजनीकरणको लागि पहल नगरिएको गुनासो पनि व्यत्त गरेकी छिन् । कतिपय स्थानमा अलि भावना बढि पोखीएपनि पुस्तक मूल रुपमा यथार्थपरक घटनामै केन्द्रीत छ । एकल नारीको रुपमा उनको अनुभुति, अनुभव र दृष्टिकोण महिला अधिकारको पक्षमा नै देखिन्छ । पुस्तकको शुरुमा जगाएको उत्साह उत्तरार्धमा पुग्दा कम हुँदै जानु पुस्तकको कमजोर पक्ष रहेको छ । सारमा शव्द, प्रस्तुति र सन्दर्भको हिसावले पुस्तक पठनीय छ, जनयुद्धका मुल प्रवृत्ति र महत्व बुझ्न सघाउ पुग्ने भएकाले संग्रहणीय छ ।