डिपि ढकालकाे अर्थ राजनीतिक पुस्तक सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ

लेखक डिपी ढकालद्वारा लिखित पुस्तक पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम सार्वजनिक सार्वजनिक भएको छ ।

शनिबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबा बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषा, लेखक हरि रोका, त्रिभुवान विश्वविद्यालयकी प्राध्यापक कुशुम शाक्य, समाजशात्री युवराज लँुईटेलले पुस्तक सार्वजनिकीकरण गरेका हुन् ।

लेखक ढकालले पुस्तकमा विश्वका पूँजीवादी तथा समाजवादी देशहरुले अवलम्बन गरेको अर्थराजनीति र नेपालको तुलनात्मक अध्ययन गरी प्रस्तुत गरेका छन् ।  अर्थराजनीतिका विद्यार्थीहरुका लागि संग्रहणीय ठानिएको पुस्तक जागरण मिडियाले प्रकाशन गरेको हो । पुस्तकबारे नेकपाका अध्यक्ष प्रचण्ड, मन्त्री वर्षमान पुनसहितका अतिथिहरुले आफ्नो धारणा राखेका थिए ।