‘नेपाल एसएमई व्यापार मेला’ सुरु

मूलखबर संवाददाता
काठमाडौं

 

काठमाडौंमा ‘नेपाल एसएमई व्यापार मेला’ सुरु भएको छ ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालले बिहीबारबाट काठमाडौंको भृकृटीमण्डपमा मेलाको आयोजना गरेको हो । मेलाको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले साना तथा मझौंला उद्यमीहरुको सो मेलाले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले मुलुकको आर्थिक समृद्धि एक मात्रै अभिष्ट रहेको उल्लेख गर्दै त्यसमा एकतावद्ध भएर अघि बढन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुबाजी महर्जनले नेपालको उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको स्पष्ट पार्नु भयो । ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।