कर वृद्धि गरेको भन्दै व्यवसायीद्धारा सरकारको आलोचना


काठमाडौं,१९ साउन । चालू आर्थिक वर्षबाट एकैपटक चार गुणा बढि हुने गरी कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् । आईतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करको मारमा पार्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो । उहाँले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले व्यवसायीहरुलाई हतोत्साही हुने गरी कर लगाउने काम सरकारले गर्न नहुने पनि स्पष्ट पानुृ भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नु भयो । उहाँले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।