नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह

काठमाडौं,३१ साउन । नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ । सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए । तर, सभापति देउवाले आफूलाई असफल बनाउने रणनीति अन्तर्गत […]


नेबिसंघको निर्बाचन साउन ३२ हुने

काठमाडौं,३० साउन । साउन २३ गतेदेखि काठमाडौंमा सुरू भएको नेपाल विद्यार्थी संघको ११ महाधिवेशनको सातौ दिन आएर निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। खरेलले साउन २९ गते साँझ महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेदेखि ३२ गते विहान ७ वजेदेखि मतदान गर्नेसम्मको कार्यक्रम सार्वजनिक […]


गच्छदारको सत्तारोहणमा देउवा ‘बाधक’ बनेपछि

काठमाडौं,२८ साउन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति कान्तिपुरसँग कुरा गर्दै पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए । ‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, […]


नेविसंघ महाधिवेशनको निर्वाचन २९ गते , बन्दसत्र आजदेखि

काठमाडौं, २७ साउन । प्रतिनिधि विवाद हल भएसँगै नेविसंघको महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन । आईतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुने जानकारी नेविसंघका अध्यक्ष रंजित कर्णले दिए । कर्णका अनुसार […]


नेविसंघको प्रतिनिधि छनोट विवाद टुङ्गियो

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्रतिनिधि छनोट विवाद टुंगिएको छ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको संयोजकत्वको निर्देशन समितिले प्रतिनिधि विवाद टुंग्याएको हो । समितिको हिजो राती बसेको बैठकले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट विवाद टुंगो लगाएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । नेवि संघको महाधिवेशनका लागि ११ वटा […]


यी हुन् मन्त्रीबिना बाँच्नै नसक्ने गच्छेदार , सरकारमा जान उनले के के गरे ?

काठमाडौं ,२४ साउन । उनी पटकपटक हाई गरिरहन्थे, कुनै बेला लामो हाई काट्थे त कुनै बेला छोटो । कुनै बेला दुवै खुट्टा सतर्क बनाउँथे त कुनै बेला उपरखुट्टी लगाउँथे २० साउन २०७१ का दिन । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डसहित अन्य मन्त्रीहरुको सपथ तथा पद बहालीको कार्यक्रममा यसो गर्ने व्यक्ति थिए फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार । […]


यस्तो छ कांग्रेस सभापति देउवाको तयारी

काठमाडौं,२३ साउन । सभापति देउवा केही नेतालाई मन्त्री बनाएर व्यवस्थापन गर्ने, केहीलाई पार्टी संगठन र विभागीय जिम्मेवारी दिएपछि मात्र पदाधिकारी चयन गर्ने तयारीमा छन्। भ्रातृ संस्थाको अधिवेशन गरेर दसैँपछि मात्र पदाधिकारी चयनको तयारी उनले गरेको देउवानिकट स्रोत बताउँछ। पदाधिकारीमा एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत गर्नुपर्नेछ । ११ केन्द्रीय सदस्य पनि मनोनीत हुन बाँकी छन्। […]


किन गएनन् अर्जुननरसिंह केसी सपथ लिन ?

काठमाडौँ, २१ साउन । कांग्रेसको छलफलमा मन्त्री बन्न तयार भएका नेता अर्जुननरसिंह केसी अन्तिम समयमा मन्त्रीपदको सपथ समारोहमा उपस्थित भएनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी बिमलेन्द्र निधिलाई दिएपछि अन्तिम समयमा असन्तुष्टि व्यक्त गर्दै केसी पद तथा गोपनियताको सपथ समारोहमा नगएका हुन् । देउवाले रक्षा वा स्वास्थ्य मध्ये एक मन्त्रालय रोज्न आग्रह […]


यसरी बिभाजन गरे कांग्रेस माओवादीले मन्त्रालयको भागबन्डा

काठमाडौं, २० साउन । कांग्रेस माओवादीले मन्त्रालय बाँडफाँडको छलफल तिब्र पारेका छन् । कांग्रेसका विमलेन्द्र निधि, रमेश लेखक, काओवादीका कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताले बुधबार राति अबेरसम्म छलफल गरेका छन् । दुई पार्टीबीचको समझदारी अनुसार माओवादीले अर्थ, स्थानीय विकास , ऊर्जा, सुचना सञ्चार ,युवा तथा खेलकुद र पर्यटन मन्त्रालय राख्नेछ । त्यस्तै कांग्रेसलाई गृह, […]


सहमती नभए मधेशी मोर्चाले प्रचण्डलाई भोट नहाल्ने

काठमाडौं, १९ साउन । तीन दिनदेखि कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ। बुधवार बिहानसम्म संवादमा प्रगति नभए मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्ने घोषणा गरेको छ । गठबन्धनसित ४२ सांसद छन् । गठबन्धनका संयोजक उपेन्द्र यादवले कांग्रेस […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी