परराष्ट्रमन्त्री ज्ञवाली अमेरिकाबारे के भन्छन् ?

125 Hits

काठमाडौं , ७ पुस –

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिक भ्रमणबाट भर्खरै फर्केका छन् । नेपाल र अमेरिकाबीच पहिलोपटक उच्चस्तरको भेटवार्ता गरेर फर्केपछि परराष्ट्रमन्त्री ज्ञवाली उत्साहित पनि देखिन्छन् । उनले अमेरिकाबारे राखेकाे पछिल्लो धारणा यस्तो छ । याे उनले अमेरिकामा रहेका पत्रकार सुर्य थापासँग अन्ततरवार्तामा व्यक्त गरेका धारणा हुन् ।

निकै लामो अन्तरालपछि नेपाल र अमेरिकावीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध स्थापित गरेको देश अमेरिका हो ।

हाम्रा सम्बन्धहरु औपचारिक, राजनीतिकदेखि लिएर आर्थिक, सामाजिक, सांस्कृतिक र जनस्तरमा समेत फैलिँदै गएका छन् । अमेरिकामा निकै ठूलो नेपाली डायस्पोरा छ । नेपालको शिक्षाको क्षेत्रमा पिसकोर अमेरिकी भोलेन्टियरहरुले निकै ठूलो सक्रियता पनि देखाइरहेका छन् । यी सबै परिप्रेक्ष्यमा हेर्दा मित्रतालाई थप सुदृढ गर्ने हिसाबले मैले अमेरिका भ्रमण निकै फलदायी रहेको महसुस गरेको छु ।

नेपालका निम्ति कुन खास प्रोजेक्टमा कति सहयोग प्राप्त भयो भन्ने हिसाबले हामीले सम्बन्धलाई मापन गर्ने होइन । हामीले मापन गर्ने भनेको नेपालको अन्तरराष्ट्रिय सम्बन्ध कति फराकिलो भयो, नेपालप्रति हाम्रा मित्रहरुको रुची, आकर्षण कति बढ्यो, र नेपालको विकासमा कति साथ सहयोग र समर्थन प्राप्त भयो, त्यसहिसाबले हामीले हाम्रा सम्बन्धहरुलाई मापन गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसदृष्टिमा हेर्दाखेरि सम्बन्धलाई अझ प्रगाढ बनाउन, अझ सुदृढ बनाउन र अझ फराकिलो बनाउनको निम्ति मैले लामो समयको अन्तरालपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले गरेको यो औपचारिक भ्रमण फलदायी रहेको मैले महसुस गरेको छु ।

निश्चय नै उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानको दृष्टिले लामो एउटा ग्याप देखिन्छ । सक्रिय राजतन्त्र रहेका बेला राजाहरुको औपचारिक भ्रमण भएको देखिन्छ । पछि नेपालका प्रधानमन्त्रीज्यूहरुले संयुक्त राष्ट्र संघको महासभामा आउँदा या अरु सन्दर्भमा भेटघाट गर्नुभएको देखिए पनि औपचारिकरुपमा संरचनागत हिसाबले चाहिँ भेटवार्ताहरु तुलनात्मकरुपमा पातलो नै भएका छन् ।

यसका निम्ति हामीले आफ्नै तर्फबाट हेर्दा र नीतिहरुको पुनरावलोकन र समीक्षा गर्दाखेरि ०४६ सालमा बहुदलीय व्यवस्था स्थापनालगत्तै त्यसको केही समयपछि नै नेपाल राजनीतिक अस्थिरतामा फस्न पुग्यो । संसद विघटन हुने, सरकारहरु फेरिइरहने र पछिल्लो समय त सशस्त्र द्वन्द्व र लामो संक्रमणकालमा हामी फस्यौं । यसका प्रभावहरु हाम्रा वाह्य सम्बन्धहरुमा पनि परेको देखिन्छ । किनभने परराष्ट्र नीति भनेको राष्ट्रिय नीतिकै एउटा विस्तारित रुप हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी