स्थानीय तह व्यवस्थित भएपछि मात्र प्रदेश र स्थानीय तहलाइ काम हस्तान्तरण गरिन्छ-अर्थमन्त्री खतिवडा

33 Hits

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला विकास आयोजनाको संरचनासमेत निर्माण नभएकोले तत्काल काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना रहेको बताए । बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले संवैधानिक व्यवस्था अनुसार सेवा प्रवाहको काममा प्रतिकुल असर पर्न नदिन सरकारले प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनको कामलाई क्रमिक रुपमा हस्तान्तरण गर्दै लैजाने व्यवस्था गर्नु परेको बताए ।

बैठकमा समितिका सदस्यहरुले वित्तिय स्रोत किन प्रदेश र स्थानीय तहका लागि पर्याप्त व्यवस्था नगरेको भनि मन्त्री खतिवडालाई प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री खतिवडाले स्थानीय तह क्रमशः व्यवस्थित हुँदै जाने र त्यसपछि उनीहरुलाई सबै वित्तिय स्रोत हस्तान्तरण गर्ने सरकारको योजना रहेको बताए ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्र संविधानले व्यवस्था गरे अनुसारका सबै वित्तिय स्रोत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भईसक्ने दावी गरे ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी