३ कम्पनीको शेयर मुल्य समायोजन, कसको कति ?

49 Hits

काठमाडौँ, १६ मंसिर ।
नेपाल स्टक एक्सचेञ्जमा  विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

कोषले आव २०७४/७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य छ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता रु एक हजार ७९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य रु दुई हजार ५५४ कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।

यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता रु एक हजार ४१३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य रु एक हजार ३८६ कायम भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य रु १४२ हुने गरी मूल्यमा समायोजन भएको छ । कम्पनीको औसत आधार मूल्य रु १८८ कायम भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी