बाढी पहिराे पीडितलाई सहयोग गर्दै पुस्पलाल स्मृति दिवस मनाईयो

ओखलढुंगा, ८ साउन

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओखलढुंगाले हिजो नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४१ अौ स्मृति दिवस दिवस हालै भिषण बर्षाका कारण भएको बाढी पहिराेमा परि ज्यान गुमाउनेका परिवारजनलाई अार्थिक सहयोग गरेर साथै बिपत्त कोष खडा गरी मनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा -काठमाडौं सम्पर्क मन्च, नेपाल कम्युनिस्ट पार्टी सिद्दिचरण नगरपालिका , नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाका जिल्ला सदस्यहरू र प्रतिनिधिसभा तथा प्रदेशसभाका सासंदहरूबाट संकलित उक्त रकमबाट बाढी पहिराेमा परि ज्यान गुमाएका परिवारका अाफन्तहरूका परिवारजनलाई जनही रू २५०००/-का दरले सहयोग रकम उपलब्ध गराईएको थियो ।

यस्तै बिपत्तिको समयमा सहयोग गर्नको लागि जिल्ला पार्टीले संस्थागतरूपा नै बिपत्त कोष खडा गरेको छ । जिल्लाको सदरमुकाममा अायोजित उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज यज्ञराज सुनुवार हुनुहुन्थ्यो भने जिल्ला पार्टीका बिभिन्न तहाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।