
भरतपुर महानगर प्रमुख रेनु दाहाल नगर विकास काेष सञ्चालकमा नियुक्त
काठमाडौं , २ साउन ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनयन हुनुभएको छ ।

प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअन्तर्गत प्रदेश ३ नं बाट भरतपुर महानगर प्रमुख दाहाल मनोनयन हुनुभएको हो ।
सरकारका प्रवक्ता सञ्चार मन्त्री गोपाल बास्कोटाले पत्रकार सम्मेलनमा भरतपुर महानगर प्रमुख दाहाललाई नगर विकास कोषको सञ्चालक समितिमा मनोनय गरेको जानकारी दिनुभयो ।
